हामी तयार छौं : प्रशिक्षक फिलिप्स

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एकसेएक खेलाडी समेटेर आफूले एएफसी महिला एसियन कपका लागि टोली घोषणा गरेको बताएका छन् ।

असोजको पहिलो साता उज्वेकिस्तानमा हुने एएफसी वुमेन्स एसियन कप २०२२ को छनोटकाे तयारीमा रहेकाे  नेपाली महिला टाेलीले  व‌गलादेशसँग अभ्यास खेल खेल्न लागेकाे हाे ।जसमध्य  पहिलाे खेल  बिहिबार  हुदैछ

 बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेनमा फिलिप्सले सावित्रा भण्डारीको अनुपस्थितिले टोलीलाई घाटा पुगेपनि अन्य नयाँ खेलाडीका लागी अवसर भएकाे बताए ।

‘सावित्रा टोलीमा नहुदाँ टाेली मानसिक दबाबमा हुनेछ र त्याे एकदमै ठूला घाटा हो,’ उनले भने, ‘तर, उत्कृष्ट प्रदर्शन गरेर सावित्राको स्थान लिने अर्को खेलाडीलाई याे उत्कृष्ट मौका पनि छ ।’

फिलिप्सले कोभिड १९ महामारी तथा चोटका कारण तयारी प्रभावित भए पनि मैत्रीपूर्ण खेलका लागि टोली तयार रहेको बताए ।

‘विभिन्न कारणले प्रभावित भए पनि हामीले राम्रो तयारी गरिरहेका छौं । एक हप्ता मात्रै बाँकी छ,’ उनले भने, ‘यी खेलले हामीलाई धेरै फाइदा हुनेछ ।’

‘नेपाली टोली सावित्रामा निर्भर हुने गरेको थियो । तर हामी टिम गेम खेल्ने कोसिस गर्नेछौं,’ उनले भने, ‘कसले सावित्राको स्थान लिन्छ भन्नेमा सम्पूर्ण देशको चासो हुन्छ, त्यसले खेलाडीलाई मानसिक दबाब पनि हुने बताए ।’

आफूसँग अहिले राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी रहेको बताउँदै उनले थपे, 'हामीसँग टिममा सबै उत्कृष्ट २३ खेलाडी थिए ।'

नेपाली महिला टोलीले १० दिनपछि एएफसी महिला एसियन कप २०२२ को छनोट उज्वेकिस्तानमा खेल्दैछ । समूह 'एफ'मा परेको नेपालले २०२२ मा भारतमा हुने प्रतियोगितमा स्थान सुरक्षित गर्नका लागि असोज २ गते फिलिपिन्स तथा असोज ५ गते हङकङसँग खेल्नेछ । 

यसैगरी बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्रा भण्डारी विनाको नेपाली टोलीसँग खेल्दा आफ्ना रक्षकहरुलाई सहज महसुस हुने बताएका छन् ।

पत्रकार सम्मलेलनमा प्रशिक्षक चोटोनले आफ्नो टोली दबाब बिना मैदानमा उत्रिने बताए ।

‘सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्, उनी भोलिको खेलमा नहुनु दुःखद् कुरा हो,’ प्रशिक्षक चोटोनले भने, ‘तर, हाम्रा डिफेन्डरलाई नेपाली टोलीमा सावित्रा नहुँदा सहज महसुस हुनेछ ।’

एएफसी महिला एसियन कप छनोटको तयारीका लागि यी दुई खेल महत्त्वपूर्ण हुने उनले बताए ।

‘हाम्रो टोलीमा अहिले प्राय सबै खेलाडी उमेर समूहबाट आएका छन् । उमेर समूहबाट धेरै समयसँगै खेलका खेलाडी छन्,’ प्रशिक्षक चोटोनले भने, ‘लामो समयपछि खेल्न पाउँदा खेलाडी खुशी छन् । त्यसका लागि पनि तयारी गरिरहेका छन् । एएफसी वुमेन्स एसियन कप-२०२२ को छनोट खेल्न र छनोट हुनका लागि तयार छन् ।’