२०औं लिस्नु कप

लिस्नु कप फुटबल: साविक विजेता फर्साटिकर एफसी फाइनलमा

काठमाडौं । साविक विजेता फर्साटिकर फुटबल क्लव(एफसी)ले लिस्नु कप फुटबलको फाइनलमा  स्थान सुरक्षित गरेको छ ।

आइतबार सम्पन्न दोश्रो सेमिफाइनलमा फर्साटिकरले सञ्जीवनी युवा क्लव देबीनगर बागधुरालाई २-१ गोलले पराजित गर्दै लिस्नु कपको उपाधि नजिक पुगेको हो ।

फर्साटिकरले अब उपाधिका लागि सोमबार पशुपति माबि कोटीहवाको मैदानमा आयोजक लिस्नु युवा क्लवसँग खेल्नेछ ।

खेल सकिन खेल सकिन ८ मिनेट बाँकी रहँदा सम्म १-० को अग्रता लिएको सञ्जीवनी अन्तिम समयमा आएर सम्हालिन नसक्दा सेमिफाइनलबाट बाहिरियो ।

६८औं मिनेटमा फर्साटिकरका खेलाडी नरेन्द्र चौधरीले पेनाल्टी क्षेत्रमा सञ्जीवनीका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी को अवसर दिएकोमा सञ्जीवनीका बिजय श्रेष्ठले सहजै गोल गरी १-० को अग्रता दिलाउन सफल भए ।

७८औं मिनेटमा सञ्जीवनीका कप्तान आशिष गुरुङले रातो कार्ड पाएपछि ८ खेलाडीमा सिमित भएको सञ्जीवनीको टिम त्यसपछि भने सम्हालिन सकेन् ।

८७औं मिनेटमा निरज चौधरीले गोल फर्काउदै खेललाई १-१ को बराबरीमा ल्याउन सफल भए । निरजले ८९औं मिनेटमा अर्को गोल गरे ।

टिमलाई उपाधि नजिक पुर्याएका फर्साटिकरका निरज चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै गरी माइडियाको अधिकृत विक्रेता भैरहवाको प्रेम पदमा ट्रेडर्शद्वारा प्रायोजित माइडिया म्यान अफ म मुमेन्ट पुरस्कार बाट सञ्जीवनीका बिजय श्रेष्ठ पुरस्कृत भए । श्रेष्ठलाई  प्रेम पदमा ट्रेडर्शका प्रबन्धक कमल गुरुङले उपहार प्रदान गरे । 
प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।