साफ महिला च्याम्पियनसिप

नेपालको सुरुआती ११ सार्वजनिक, एक परिवर्तन

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनलको लागि नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।

नेपाली टिममा सावित्रा भन्डारी फर्किए पनि उनी मुख्य प्रशिक्षक कुमार थापाको पहिलो रोजाइमा परिनन् । यस्तै, प्रीति राईले पहिलो रोजाइमा स्थान बनाउँदा रेखा पौडेल बेन्चमा बस्ने भएकी छिन् ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल यात्रा तय गर्दा भारत समूह ‘ए’ को उपविजेता हो ।

नेपाली टिमः

एन्जिला तुम्बाप्पो सुब्बा (गोलकिपर, कप्तान), गीता राई, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रीति राई, रश्मीकुमारी घिसिङ