साफ महिला च्याम्पियनसिप

पहिलो हाफमा बंगलादेशको सहज अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध मध्यान्तरसम्मको खेल सकिँदा ४-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको तेस्रो मिनेटमा छोटोन जहान सोप्नाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । १८औं मिनेटमा कप्तान सविना खातुनले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । ३०औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारको गोलमार्फत बंगलादेशले अग्रतालाई ३-० मा पूर्यायो । यस्तै, ३५औं मिनेटमा रितु पोर्ना चक्माले बंगलादेशको अग्रतालाई ४-० मा पूर्याइन् ।

बंगलादेशले समूह ‘ए’ को समूह विजेताको रुपमा सेमिफाइनल यात्रा तय गर्दा भुटान समूह ‘बी’ को उपविजेता हो ।

आजै हुने दोस्रो सेमिफाइनलमा साँझ ०५ः३० बजे घरेलु टिम नेपालले प्रतियोगिताको एकमात्र विजेता भारतको सामना गर्दैछ ।