नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौं । आसन्न नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरे । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री देउवाले ट्रफी सार्वजनिक गरेका हुन् ।

निलेन्द्रराज श्रेष्ठको परिकल्पनामा १० लाख लागतमा ट्रफी बनाइएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । ट्रफी श्याम तुलाधारको नेतृत्वमा २५ दिनमा निमार्ण भएको हो । राखेपका अनुसार ट्रफीमा पाँच केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ ।

गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक तीन गतेसम्म आयोजना हुने प्रतियोगिता सुरु हुनुअघि सातै प्रदेशमा ट्रफी टूर गराइने छ ।

लगातार तीन पटक उपाधि जित्ने टिमले ट्रफी आफूसँग राख्न पाउनेछन् ।