साफ महिला च्याम्पियनसिप

नेपालको पहिलो रोजाई सार्वजनिक, दुई परिवर्तन

फाइल फोटो

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलका लागि नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।

नेपालका मुख्य प्रशिक्षक कुमार थापाले श्रीलंकाविरुद्ध अघिल्लो भुटानविरुद्धवको खेलका दुई खेलाडी परिवर्तन गरे ।

यसअघि टिममा रहेकी सावित्रा भन्डारी र अमिषा कार्कीको स्थानमा श्रीलंकाविरुद्ध रश्मी घिसिङ र रेखा पौडेल पहिलो रोजाईमा परे । सावित्रा डेंगु संक्रमणका कारण खेलमा अनुपस्थित हुने भएकी हुन् ।

नेपाली टिमः

एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान, गोलकिपर), गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, रेखा पौडेल, रश्मी घिसिङ