क्यासिमिरो

लिभरपुलविरुद्धको खेलअघि क्यासिमिरो सार्वजनिक हुने

लन्डन । म्यानचेस्ट युनाइटेडले भर्खरै अनुबन्धित मिडफिल्डर क्यासिमिरोलाई सोमबार राति लिभरपुलविरुद्धको खेलअघि सावर्जनिक गर्ने तयारी गरेको छ । करिब ६० मिलियन पाउन्ड खर्चेर युनाइटेडले क्यासिमिरोलाई यसै साता रियाल मड्रिडबाट अनुबन्ध गरेको हो ।

इङ्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत युनाइटेडले सोमबार राति लिभरपुलसँग खेल्दै छ । पछिल्ला दुई खेलमा पराजित युनाइटेड आजको खेल जित्नुपर्ने दबाबमा छ ।

सोही खेलअघि युनाइटेडले नयाँ नम्बर १८ को रुपमा ब्राजिलियन मिडफिल्डर क्यासिमिरोलाई सार्वजनिक गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।