डियाज

डियाज: गरिब गाउँदेखि लिभरपुलका ‘हिरो’

बरान्कास । उत्तरी कोलम्बियन मरुभूमीसँगै टाँसिएको धुलाम्मे दलित बस्ती हो, बरान्कास । गरिबी, कुपोषण र सरकारको उपेक्षित त्यो सानो सहरको धारामा हप्तामा तीन दिन मात्रै पानी आउँछ । त्यो ठाउँमा आनन्दका क्षण त्यति छैनन् ।

यो त्यही सहर हो, जहाँ लिभरपुलका २५ वर्षीय फरवार्ड डियाज खाल्डाखुल्डी भएको सडकमा नाङ्गो खुट्टाले बल हान्दै हुर्किएका थिए । र, अहिले त्यही गाउँमा स्थानीय बारमा भेला हुन्छन्, एक–अर्काको घरमा भेला हुन्छन्, डियाजको खेल हेर्न । अझै विशेष समयमा त त्यहाँ भएका मैदानमा ठूलो पर्दामा डियाजको खेल हेरिन्छ ।

यद्यपि, त्यो गाउँमा एउटा अपवाद छ । लिभरपुलले खेलिरहँदा बरान्कासमा टहलाउँदा फरक अनुभूति हुन्छ । फरक दृश्य देखिन्छ, फरक ध्वनी सुनिन्छ । त्यो गाउँका प्रिय छोरा लुइस डिजायको समर्थनमा उत्साहजनक आवाज, श्रृंखलावद्ध आनन्द र गडगडाहट ताली गुञ्जिन्छ ।

यो त्यही सहर हो, जहाँ लिभरपुलका २५ वर्षीय फरवार्ड डियाज खाल्डाखुल्डी भएको सडकमा नाङ्गो खुट्टाले बल हान्दै हुर्किएका थिए । र, अहिले त्यही गाउँमा स्थानीय बारमा भेला हुन्छन्, एक–अर्काको घरमा भेला हुन्छन्, डियाजको खेल हेर्न । अझै विशेष समयमा त त्यहाँ भएका मैदानमा ठूलो पर्दामा डियाजको खेल हेरिन्छ ।

गत सिजन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियाल मड्रिड खेल्दा पर्दामा डिजायको खेल हेर्न स्थानीय सबै भेला भएका थिए । रातो बेलुनहरुले बरान्कास रंगिएको थियो ।

त्यो सहरमा करिब ३८ हजारको ठूलो संख्यामा वायु आदिवासी समुदाय बस्छ । त्यहाँका भित्तामा धार्मिक संस्कारहरु झल्किन्छन् । सडक पेटीहरुमा स्थानीय उत्पादनहरुको बिक्री हुन्छ । र, तीनै भित्तामा डियाजले कोलम्यिबाका लागि गोल गरेर खुशी मनाउँदै गरेको ठूलो फोटो पनि टाँसिएका छन् । जसमा उनलाई ‘बरान्क्वेरो प्राइड’ भनेर वर्णन गरिएको छ ।

‘हाम्रो सहर, हाम्रो छिमेकबाट, हाम्रै समुदायबाट, हाम्रो साथी विश्वको सबैभन्दा ठूलो लिग खेल्न पुग्नु हाम्रा लागि गर्वको विषय हो,’ डिजायको बाल्यकालका साथी तथा छिमेकी डाइमर गोमेज भन्छन्, ‘उनले बरान्कास सहरलाई नै परिवर्तन गरेका छन्, उनले ऐतिहासिक एकता निर्माण गरेका छन् ।’

डियाजको परिवार उनले रोजेको करियरप्रति पूर्णरुपमा सहमत थिएन । एक कडा अनुशाषनवादी र क्षमताको मापन गर्न सक्ने डियाजका बुबा लुइस म्यानुएल पूर्णरुपमा सहमत थिए । तर, उनकी आमा सिलेनिस थिइनन् ।

दक्षिण अमेरिकी फुटबलरहरुको सुखद् कथा विरलै हुन्छ । डियाज पनि यसमा नौला होइनन् । तर, उनका पुराना साथी तथा परिवार भने उनी कुपोषणको शिकार भएको भन्ने कुरा पूर्ण सत्य नभएको बताउँछन् ।

त्यो विषयमा कुनै द्वन्द्व भावना छैन । डियाजको परिवारको इमान्दारिता मात्रै हो । डियाज आफ्नी सानीमा र ‘कजन’हरूसँगै काँचो इट्टाको घरमा हुर्किएका थिए । जुन, उनी सानो हुँदा नै पुनर्निमाण भइसक्यो । डियाजले सुरुमा हासिल गरेका मेडल तथा ट्रफीहरुले सजिएको छ । आफूले यसअघि प्रतिनिधित्व गरेका क्लबको जर्सी तथा मेडलहरु सजाइएको छ ।

डियाजको परिवार उनले रोजेको करियरप्रति पूर्णरुपमा सहमत थिएन । एक कडा अनुशाषनवादी र क्षमताको मापन गर्न सक्ने डियाजका बुबा लुइस म्यानुएल पूर्णरुपमा सहमत थिए । तर, उनकी आमा सिलेनिस थिइनन् । त्यसैले, जब उनी ट्रेनिङमा आफ्नो बाल्यकालको धेरै समय खर्चिए, त्यो बेला उनले परिवारमा आथिक सहयोगका लागि घरमा बनेका मिष्ठान्न परिकार सडक–सडक डुलेर बेच्नुपथ्र्यो ।

बरानकासका बालबालिकासँग धेरै अवसर हुँदैनन् । नजिकै रहेको एल केरेजोन माइन नामक कोइला खानी त्यहाँका धेरैको रोजगार गन्तव्य हो ।

‘चार वर्षको उमेरदेखि नै लुइस मैदानमा उत्रेर खेल्न चाहन्थे,’ उनका बुबा म्यानुएल भन्छन्, ‘उनी उभिन सक्ने भएदेखि नै खुट्टाले ढुङ्गा हान्थे । उनी सधैँ व्यावसायिक फुटबल खेलाडी बन्छु भन्थे ।’

उनले केही समय प्रतिक्षा गर्नुपर्यो । तुलनात्मकरुपमा ढिलो अर्थात् १८ वर्षको उमेरमा मात्रै डियाजको खेल करियरमा ठूलो मौका आयो । जब उनलाई काकाले ६ घण्टा ड्राइभ गरेर बरानक्विला पुर्याए । जहाँ कोलम्बियाको शीर्ष डिभिजनको क्लब एट्लेटिको जुनियरले खुल्ला ट्रायल लिइरहेको थियो ।

‘उनी कहिल्यै मोटाएनन् । उनी एटलेटिक व्यक्ति हुन् । जब उनी यहाँ आएका थिए, उनको शारिरीक विकाश भइरहेको थियो,’ डियाजका पहिलो व्यावसायिक प्रशिक्षकमध्ये एक रोबर्टो पेनालोजाले भने, ‘त्यसैले हामीले उनको मांसपेशी बलियो बनाउन प्रोटिनमा जोड दियौं ।’

बरानक्विाल करिब तीन हजार किशोरमध्ये डियाजले मात्रै व्यावसायिक सम्झौता हात पार्न सके । उनी बरानक्विला एफसीको रिजर्भ टिममा परे । पातलो भएका कारण उनलाई शारिरीकरुपमा तन्दुरुस्त बनाउन र व्यक्तिगत विकाशका लागि जिमसँगै डाइटको व्यवस्था गरियो ।

‘उनी कहिल्यै मोटाएनन् । उनी एटलेटिक व्यक्ति हुन् । जब उनी यहाँ आएका थिए, उनको शारिरीक विकाश भइरहेको थियो,’ डियाजका पहिलो व्यावसायिक प्रशिक्षकमध्ये एक रोबर्टो पेनालोजाले भने, ‘त्यसैले हामीले उनको मांसपेशी बलियो बनाउन प्रोटिनमा जोड दियौं ।’

डियाज एट्लेटिकोमा तीन वर्ष बिताएर एफसी पोर्टो पुगे । त्यसपछि एन्फिल्ड... जहाँ उनको प्रदर्शनले प्रिमियर लिगका डरलाग्दा अट्याकरको रुपमा उनलाई उभ्याएको छ । जसको एउटा उदाहरण गत साता उनले क्रिस्टल प्यालेसविरुद्ध गरेको ‘सोलो गोल’ हो ।

र, अझै पनि उनको प्रभाव ६ हजार माइल टाढाको बरान्कासमा उस्तै छ । डियाजको सफलताले कोलम्यिबन सरकारलाई बरान्कासमा सुविधाजन फुटबल मैदान निर्माण गर्न बाध्य बनाएको छ । त्यहाँका केटाकेटीले पनि रोल मोडल पाएका छन्, जसले सुन्दर भविष्यको आशा देखाउन सक्छन् ।

‘यो (बरान्कास) विकट ठाउँ छ । आर्थिक अवस्था पनि यहाँको त्यति राम्रो छैन । तर, यहाँका केटाकेटीको मानसिकता भने बदलिँदै छ,’ डियाजका कजन जोशर ब्रिटो भन्छन्, ‘पहिले रमाइलोका लागि मात्रै फुटबल खेल्थे । अहिले व्यावसायिक सम्झौता पाउने आशामा फुटबल खेलिरहेका छन् । यो सहरले पाउनु पर्ने साना–साना कुरा अहिले पाउन थालेको छ ।’

डियाजले आफ्नो ‘रुट’ भुलेका छैनन् । कोपा अमेरिकामा अद्भूत प्रदर्शन गरेर लियोनेल मेसीसँगै संयुक्त उच्च गोलकर्ता बनेका डियाज सन् २०२१ जुलाईमा बरान्कास पुगेका थिए । जब उनी त्यहाँ पुगे, पुराना दिन सम्झिँदै जुत्ता फुकालेर धुलाम्मे मैदानमा उत्रिएका थिए ।

पुराना साथी र परिवार डियाजको स्वागत गर्न बसेका थिए । उनीहरुको एउटमै मात्र चाहना कहिल्यै पनि त्यो सहरसँगको सम्बन्ध नबिर्सिनु भन्ने थियो । जुन सहरले उनलाई बनाएको थियो ।

‘सबैभन्दा धेरै हामी केही चाहन्छौं भने त्यो उनी आफ्नो प्रतिष्ठाका कारण परिवर्तन नहुन् भन्ने हो,’ गोमेजले भने, ‘र, उनी हामीसँग जहिल्यै उस्तै रहने छन् । जब मौका मिल्छ उनी बरान्कास आउने छन् ।’