नेपाली राष्ट्रिय फुटबल टोली

एन्फाका केही स्रोतले मेरो चरित्रहत्या गरेः अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ((एन्फा) ले खेलाडी– प्रशिक्षक विवाद प्रकरणमा मागेको जबाफको पत्र हालै मात्र प्राप्त भएको र यसबारे आफ्ना वकिलसँगको उचित सल्लाहपछि  उत्तर दिने प्रतिक्रिया दिएका छन् ।

सोमबार अल्मुताइरीले यसअघि आफूसँगको विवादपछि राष्ट्रिय टोलीबाट बाहिरएका १० खेलाडीमध्ये अञ्जन विष्ट र तेज तामाङलाई समावेश गर्दै २६ सदस्यि टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने बारे एन्फालाई पत्राचार गरेका थिए । एन्फाले भने अल्मुताइरीले यसअघि आफूहरुले मागेको जबाफ नदिएका र खेलाडी बन्द प्रशिक्षण बोलाउन पत्राचार गरेको बताएको थियो ।

अल्मुताइरीले केही संचारमाध्यमा आएका खबरप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेका थिए ।
 ‘नेपालका केही संचारमाध्यमले मेराविरुद्ध गलत खबर प्रबाह गरेका बारेमा मेरो ध्यानकर्षण भएको छ’, अल्मुताइरीले लेखेका छन्,' म सबैलाई स्पष्ट पार्न चाहन्छु, मैले यसअघि एन्फाबाट खेलाडी–प्रशिक्षक विवाद प्रकरणमा मबाट मागिएको जबाफको पत्र प्राप्त गरेको थिइन । त्यसैले पत्र प्राप्त नभई जबाफ दिन सम्भव हुँदैन । यद्धपी मैले नेपाल–बंगलादेशको मैत्रीपूर्ण खेलका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने बारे भने एन्फालाई पत्राचार गरेको थिए । जसका लागि मैले एन्फा महासचिवलाई अगस्ट आठमा पत्र पठाएको थिए ।'

‘मैले मेरोबारेमा समाचारहरु आएपछि एन्फा महासचिवलाई पत्र पठाउँदै यसबारे जानकारी मागेको थिए’, अल्मुताइरीले भने,'त्यसको केही समयपछि मलाई एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको इमेल प्राप्त भयो । जसमा उनले क्षमा समेत मागेका छन् । मैले संचारमाध्यममा एन्फाका महासचिवको इमेलको जबाफ नदिएको र आफू अनुकुलको कार्य अघि बढाउन लागेको भन्ने समाचार पढे जुन निराधार छ । म यस्ता भ्रामक खबरको खण्डन गर्छु । म बलियो नेपलली टोली निर्माण गर्न चाहन्छ । म मेरो सम्झौता अबधीसम्म नेपालको प्रशिक्षण सम्हाल्न चाहन्छु । एन्फाका केही स्रोत मेरो चरित्रहत्या गर्न लागि परेका छन् । म यो कार्य सहन्न । आवश्यक परेको खण्डमा म यस कार्यविरुद्ध फिफा र एएफसीसम्म जान सक्छु । म सबैलाई भन्न चाहन्छु की एन्फाको पत्रमा जबाफ पठाउने सयमसिमा तोकिएको छैन । म मेरो विकलसँगको सल्लाहपछि मात्र यो पत्रको जबाफ दिनेछु ।

एन्फाले भने अल्मुताइरीसँगको सम्झौता तोड्न कतार दूतावासमार्फत लबिङ सुरु गरिसकेको छ ।

सन् २०२० मा नेपाली पुरुष टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका अल्मुताइरी सुरुदेखि नै विवादै विवादमा रुमलिँदै आएका छन् । पछिल्लो समय एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारी दौरान खेलाडीसँगको ठूलो विवादमा उनी मुछिएका थिए । कुवेती प्रशिक्षक अल्मुताइरीले सुरुमा रोहित चन्द र त्यसपछि थप ९ जना सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेका थिए ।

‘आधारभूत आवश्यकताको माग गर्दा’ खेलाडीलाई निकालेको भन्दै केही खेलाडीले बन्द प्रशिक्षणमा बोलाउँदा पनि अस्वीकार गरेका थिए । त्यो विषयको छानविनका लागि भिक्टोर राणाको नेतृत्वमा गठित समितिले आसन्न एएफसी कपको छनोटपछि प्रशिक्षकको विकल्प खोज्न सुझाव दिएको थियो ।