स्पेनिस ला लिगा

इस्को नयाँ गन्तब्य सेभिया

मड्रिड । स्पेनिस ला लिगाको क्लब सेभियाले रियाल मड्रिडका मिडफिल्डर इस्कोलाई अनुबन्ध गरेको छ ।

गत सिजनको अन्त्यसँगै उनले सान्टियोगो बर्नाबेउको बसाईमा पूर्णविराम लगाएका थिए । नो वर्ष रियाल मड्रिडमा बिताएका इस्कोले तीन पटक स्पेनिस ला लिगा र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

सेभियाले आइतबार इस्कोलाई क्लबमा ल्याउनेबारे रियाल मड्रिडसँग सैद्धान्तिक सहमतीमा पुगेको बताएको थियो  । सेभियाले इस्कोको स्वास्थ्य परिक्षण भइसकेको  र उनलाई बुधबार रामोन सान्चेज पिज्वान स्टेडियममा सार्वजनिक गरिने बताएको छ ।

नयाँ सिजनका लागि सेभियाले अनुबन्ध गरेको इस्को तेस्रो खेलाडी हुन् । यसअघि सेभियाले मर्काओ र एलेक्स टेन्सलाई भित्राइसकेको छ । 

उनी सन् २०१३ मा मालागाबाट रियाल मड्रिड गएका थिए ।