खेलाडी सरुवा

विंगर गुइडेज उल्भ्समा

लन्डन । भ्यालेन्सियाका पूर्व विंगर गोन्कालो गुइडेज इङ्लिस क्लब उल्भ्समा अनुबन्धित भएका छन् । योसँगै गुइडेजले वुल्भ्सका प्रशिक्षक ब्रुनो लेज दोस्रो पटक सहकार्य गर्ने पक्का भएका छन् । यसअघि गुइडेजले करियरको सुरुआतमा बेन्फिकामा हुँदा लेजको प्रशिक्षणमा खेलेका थिए ।

पोर्चुगलका २५ वर्षीय विंगर गुइडेजको पारिश्रमिक भने खुलाएइएको छैन । सन् २०१८ मा पेरिस सेन्ट जर्मन (पिएसजी) बाट भ्यालेन्सिया आएका गुडेसले त्यसयता एक सय ९८ खेलमा खेलमा ४० गोल र ३२ असिस्ट गरेका छन् ।

‘उनी प्राकृतिक रुपमै क्षमतावान खेलाडी हुन् । युरोपभर र पोर्चुगलको राष्ट्रिय टिममा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । र, हामीलाई लाग्छ उनी प्रिमियर लिगका लागि सुहाउँदो खेलाडी हुन्,’ उल्भ्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्यालेन्सिया र गुडेसबीच पाँच वर्षको सम्झौता भएको हो । उनी सन् २०१९ मा लिग अफ नेसन्सको उपाधि जित्दा पोर्चुगलका महत्वपूर्ण सदस्य थिए ।