एसिया रग्बी सेभेन्स ट्रफी

महिला रग्बी टोली स्वदेश फिर्ता

काठमाडौ । एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

इन्डोनेसियाको जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म संचालन भएको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर र इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेलमा सिंगापुरलाई ३८–० को नतिजा सुम्पिएको नेपाल दोस्रो खेलमा इन्डोनेसियासँग ४३–० ले निराश भएको थियो ।

पाँचौ स्थानका लागि भएको सेमिफाइनलमा नेपाल मंगोलियासँग १० –५ ले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहेको थियो । सिंगापुरले प्रतियोगिताको उपाधि जित्यो ।