प्रि सिजन

फिलिक्सको निर्णायक गोलमा एट्लेटिकोले युनाइटेलाई हरायो

लन्डन । जाओ फिलिक्सको निर्णायक गोलमा एट्लेटिको मड्रिडले शनिबार इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

मड्रिडको जितमा फिलिक्समा खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा निर्णायक गोल गरे । इन्जुरी समयमा दोहोरो पहेलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा खेल टुङ्ग्याएको थियो ।

नयाँ सिजन २०२२–२३ सुरु हुनुअघि अभ्यासका लागि खेलिएको खेलको दोस्रो हाफमा फिलिक्स मैदानमा छिर्नुअघि खेल बराबरीमा सकिने देखिएको थियो ।

समरको सुरुआतमा मुख्य प्रशिक्षकमा नियुक्त भएयता एरिक टेन ह्यागको प्रशिक्षणमा युनाटेडले पहिलो हार बेहोरेको हो । यसै खेलमा क्रिस्टियन एरिकसनले युनाइटेडबाट ‘डेब्यु’ समेत गरेका छन् ।