महिला युरोपियन च्याम्पियनसिप २०२२

इङल्यान्डलाई इतिहास रच्ने अवसर

लन्डन । आठ पटकको विजेता जर्मनीको सामना गर्दा इङल्यान्ड सामु घरेलु मैदानमा महिला युरोपियन च्याम्पियनसिप २०२२ को उपाधि जित्दै इतिहास कोर्ने सुनौलो अवसर हुनेछ । 

सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलम जर्मनीले इङल्यान्डलाई ६-२ ले निराश पारेको थियो ।

वेम्बलीम हुने फाइनलसँगै इङल्यान्ड पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ । क्वार्टरफाइनलमा स्पेनलाई निराश पारेको इङल्यान्डले सेमिफाइनलमा स्विडेनमाथि ४-० को जित निकालेको थियो । 

जर्मनी भने फ्रान्सलाई निराश पार्दै फाइनल प्रवेश गरेको थियो । जर्मनीले अहिले सम्म प्रतियोगितामा एक गोल मात्र खाएको छ । 

इङल्यान्डले स्विडेनविरुद्ध उतारेको टोलीलाई जर्मनीविरुद्ध पनि निरन्तरता दिने सम्भावना रहेको छ । जर्मनीको टोली भने विंगर क्लाराको अनुपस्थितीले केही निराश हुन सक्छ । फ्रान्सविरुद्धको खेल अघि उनी कोभिड १९ संक्रमित भएकी थिइन ।

इङल्यान्ड र जर्मनी २७ पटक आमने सामने भएका छन । जसमा जर्मनीले २१ खेल जितेको छ । सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलम जर्मनीले इङल्यान्डलाई ६-२ ले निराश पारेको थियो ।

सबैको ध्यान जर्मनीकी एलेक्जान्ड्रा पोप र इङल्यान्डकी बेथ मिइडमाथि हुनेछ । दुवै खेलाडीले प्रतियोगितामा समान ६ गोल गरेका छन् । पोप महिला युरोपियन च्याम्पियनसिपमा लगातार पाँच खेलमा गोल गर्ने पहिलो खेलाडी बनेकी थिइन ।

‘दबाब इङल्यान्डमाथि हुनेछ’, जर्मनीकी प्रशिक्षक भोस टेक्लेनबर्गले भनिन्,'हामी उपाधि जित्नेमा विश्वस्त छौ । पोपको गोल लय हाम्रा लागि महत्वपूर्ण रहनेछ ।'

इङल्यान्डकी प्रशिक्षक सरिना वेजमनको प्रशिक्षणमा पाँच वर्ष अघि नेदरल्यान्ड्सले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । उनी इङल्यान्ड टोलीबाट सो सफलता हात पार्न चाहन्छिन् ।