खेलकुद विकास बोर्ड

पूर्व रक्षक सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक सन्दीप राई प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

नेपाली टिमका पूर्व उपकप्तान समेत रहेका राईलाई प्रदेश खेलकुद विकास बोर्डले बिहीबार सदस्यमा नियुक्त गरेको हो ।

राईलाई प्रदेश खेलकुद ऐन, २०७६ को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त गरिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राईले सन् २००८ देखि २०१५ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट ४९ खेल खेल्दा तीन अन्तर्राष्ट्रिय गोल गरेका छन् ।