स्पेनिस ला लिगा

मार्टिनेज बार्सिलोना आउनेमा पेड्री विश्वस्त

मड्रिड । बार्सिलोनाका मिडफिल्डर पेड्रीले एथ्लेटिक बिल्बाओका रक्षक इनिगो मार्टिनेजसँगको सम्झौता क्लबका लागि सुखद हुनसक्ने बताएका छन् ।

सेभियाका डिफेन्डर ज्युल्स काउन्डे चेल्सी जाने सम्भावना बढेसँगै बार्सिलोनाले बिल्बाओका मार्टिनेजलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ ।

पेड्रीले स्पेनका सहकर्मी मार्टिनेज बार्सिलोनाका लागि उत्कृष्ट सम्झौता हुनेमा विश्वस्त छन् । मार्टिनेज सन् २०२२–२३ सिजनमा सरुवा बजारमा निकै व्यस्त देखिएका छन् ।

‘मलाई आशा छ, मार्टिनेज आउनेछन् । उनी उत्कृष्ट खेलाडी हुन् । राष्ट्रिय टिममा उसलाई राम्ररी चिनेको छु,’ पेड्रीले भने ।

यस्तै पेड्रीले यो सिजन रोबर्ड लेवान्डोवस्की, राफिन्हा र फ्रान्क केस्सीजस्ता खेलाडी अनुबन्ध भएसँगै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने प्रवल सम्भावना भएको बताए ।

‘टिममा जोडिएका खेलाडीहरुको उत्साह र जोसका साथ हामी ला लिगासहित अन्य प्रतियोगिताकमो पनि उपाधि दोबेदार हौ,’ उनले भने ।