इङ्लिस प्रिमियर लिग

ओल्ड ट्राफोर्डमै बस्ने डी हेयाको चाहाना

लन्डन । म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी हेयाले तत्काल क्लब छा्ेड्ने कुनै इच्छा नभएको बातएका छन् ।

स्पेनिस गोलकिपर डी हेयाले युनाइटेडका लागि पछिल्लो११ सिजनमा कुल चार सय ८७ खेल खेलेका छन् । आगामी सिजन २४ खेल खेलेमा उनी युनाइटेड लागि धेरै खेल खेल्ने  शीर्ष १० खेलडाी भित्र पर्नेछन् । 

उनी थप दुई सिजन युनाइटेडमै बसेमा क्लबका लागि सबै भन्दा धेरै खेल खेल्ने खेलाडी समेत बन्नेछन् । 

अस्ट्रेलियामा प्रि–सिजन भ्रमणको क्रममा उनले संचारमाध्यमसँग कुरा गर्दै भने, ‘यो मेरो जीवनको महत्वपूर्ण पक्ष हो ।’

‘क्लबले चाहेसम्म यहाँ बस्न पाउँदा म खुशी छु,’ ३१ वर्षीय डी हेयाले भने, ‘मैले अहिलेसम्म कोहीसँग कुरा गरेको छैन । तर, म अझै धेरै वर्ष यहाँ बस्न चाहन्छु । म यहाँ राम्रो महसुस गर्छु । यहाँ आउन पाउनु  सम्मानको कुरा हो । यो क्लबको हिस्सा हुन पाउनु मेरो जीवनको महत्वपूर्ण कुरा हो ।’

डी हेयाको युनाइटेडसँगको सम्झौता सकिन अझै एक वर्ष बाँकी छ ।