स्पेनिस ला लिगा

सिजनको पहिलो एल क्लासिको भिडन्त अक्टोबर १६ मा

मड्रिड । रियाल मड्रिडले अल्मेरियाविरुद्धको खेलसँगै स्पेनिस ला लिगाको उपाधि रक्षा लक्ष्यको थालनी गर्ने भएको छ । 

ला लिगाले बिहीबार सने २०२२-२३ सिजनको खेल तालिका सार्वजनिक गरेको हो । 

त्यस्तै बार्सिलोनाले क्याम्प नोउमा रायो भालेकानोको सामना गर्नेछ  भने एट्लेटिको मड्रिडले गेटाफेविरुद्धको खेलसँगै नयाँ सिजनको सुरुआत गर्नेछ ।

त्यस्तै लिगको पहिलो दिन सेभियाले ओसासुनाको भ्रमण गर्ने तालिका रहेको छ भने एथ्लेटिक बिल्बाओले मार्लोकालाई आतिथ्य प्रदान गर्नेछ । त्यस्तै प्लेअफमार्फत ला लिगामा बढुवा भएको जिरानाले भ्यालेन्सियाको सामना गर्नेछ । 

ला लिगा अगस्ट १२ बाट सुरु हुनेछ । कतार विश्वकप २०२२ का कारण नोभेम्बर १३ मा रोकिने छ भने डिसेम्बर २९ बाट पुनः सुचारु हुनेछ । 

रियालले गत सिजन कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा ला लिगाको र च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 

तालिका अनुसार सिजनको पहिलो एल क्लासिको भिडन्त अक्टोबर १६ मा सान्टियागो बर्नाबेउमा हुनेछ भने दोस्रो खेल मार्च १९ मा क्याम्प नोउमा हुनेछ ।