पाउल पोग्बा

पोग्बा युभेन्टस फर्किने निश्चित

रोम । फ्रेन्च मिडफिल्डर पाउल पोग्बा पुनः इटालियन क्लब युभेन्टसले अनुबन्धित भएका छन् ।

म्यानचेस्टर युनाइटेडसँगको सम्झौता समाप्त भएसँगै फुकुवा भएका पोग्बालाई इटालियन जायन्ट युभेन्टसले ‘फ्रि ट्रान्सफर’ मा भित्र्याउने निश्चित भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई पक्षबीच सम्झौताको सम्पूर्ण तयारी भइसकेको छ र खेलाडी विदाबाट फर्किनासाथ सम्झौता हुनेछ । सार्वजनिक खबरहरुका अनुसार सम्झौताको घोषणा केही दिनमै हुनेछ ।

पोग्बा ६ वर्षपछि पुनः इटालियन क्लब फर्किन लागेका हुन् । उनी सन् २०१६ मा तत्कालिन कीर्तिमानी मुल्य ९० मिलियन युरोमा इङ्लिस क्लब अनुबन्धित भएका थिए । त्यसअघि पोग्बाले सन् २०११÷०१२ को सिजन युनाइटेडमा नै बिताएका थिए ।

युनाइटेडबाट प्रिमियर लिगका एक सय ५७ खेल खेलेका पोग्बाले २९ गोल र ३८ असिस्ट गरेका छन् ।