एन्फा चुनाव

एन्फाको वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन् । सोमबार वुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा पंकजविक्रम नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका खड्काले ४४ मत ल्याए ।

कर्माछिरिङ शेर्पा प्यालनका उम्मेदवार शिक्षित पराजुलीले ४० मत ल्याए । अध्यक्ष पदमा यसअघि नै नेम्वाङ विजयी भइसकेका छन् ।