एन्फा निर्वाचन

एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षमा तीन मतले खड्का अगाडि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार भएको निर्वाचनको वरिष्ठ उपाध्यक्ष पदको मत गणना जारी छ । वरिष्ठ उपाध्यक्ष पदमा ५३ मत गन्दा पंकजविक्रम नेम्वाङ प्यानलका उम्मेदवार वीरबहादुर खड्काले २८ तथा कर्माछिरिङ शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले २५ मत पाएका छन् ।

अध्यक्ष पदमा नेम्वाङ निर्वाचित भइसकेका छन् ।