एन्फा चुनाव

एन्फा निर्वाचनः उपाध्यक्षमा लामा, खतिवडा, शाही र केसी निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिमा पंकजविक्रम नेम्वाङ प्यानलका तीन र कर्माछिरिङ शेर्पा प्यानलका एक जना उम्मेदवार उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचनमा नेम्वाङ र  शेर्पा प्यानलबाट चार/चार र स्वतन्त्ररुपमा दुई जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

मंगलबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न निर्वाचनबाट नेम्वाङ प्यालनका विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र शेर्पा प्यानलबाट दीर्घबहादुर (कुमार) केसी निर्वाचित भए ।

लामाले ४८, खतिवडा र शाहीले समान ४७–४७ र केसीले ४३ मत ल्याए ।

आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ निर्वाचित भइसकेका छन् । यस्तै, नेम्वाङकै प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भइसकेका छन् ।

पराजित भएका नेम्वाङ प्यानलका सुन्दर नरसिंह जोशीले ४१, र शेर्पा प्यानलका उपेन्द्रमान सिंहले ३७, विज्ञानराज शर्माले ३७ र रत्नकुमार श्रेष्ठले ३६ मत प्राप्त गरे ।