इङ्लिस प्रिमियर लिग

च्याम्पियस लिग खेल्ने सपना साकार हुने भयोः विसौमा

लन्डन । इङलिस प्रिमियर लिगको क्लब टोटनहममा अनुबन्धन भएपछि एभेस विसौमाले आफ्नो च्याम्पियन्स लिग खेल्ने सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गरेका छन् ।

एन्टोनियो कोन्टेको टोलीले नयाँ सिजनका लागि क्लबमा भित्रिएका विसौमा तेस्रो खेलाडी हुन् । उनलाई टोटनहमले प्रिमियर लिगको क्लब ब्राइटनबाट २५ मिलियन युरोमा चार वर्षका लागि अनुबन्धन गरेको हो ।

टोटनहमले यसअघि इभान पेरिसिच र फ्रासर फोस्टरलाई टोलीमा अनुबन्धन गसिकेको छ । टोटनहमले आर्सनललाई पछि पार्दै शीर्ष चारमा रहेर सिजनको अन्त्य गरेको थियो । जसबाट कोन्टेको टोलीको च्याम्पियन्स लिगमा स्थान पक्का भएको थियो ।

विसौमाले ब्राइटनबाट २६ खेल खेलेका छन् । ब्राइटनले नवौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो ।

विसौमाले आफ्नो बाल्यकाल देखीको च्याम्पियन्स लिग खेल्ने सपना साकार हुन लागेको बताए ।

‘म टोटनहममा आउँदा निकै खुशी छु’, उनले भने, ‘आशा छ नयाँ सिजन हाम्रा लागि निकै उत्कृष्ट हुनेछ । मेरो च्याम्पियन्स लिग खेल्ने सपना साकार हुने चरणमा छ । त्यसैले म धेरै खुशी छु । आशा छ मेरो पहिलो च्याम्पियन्स लिग सहभागिता फलदायी हुनेछ ।’