इङ्ल्यान्ड क्रिकेट

कीर्तिमानी खेलमा इङ्ल्यान्डको फराकिलो जित

लन्डन । एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च योगफल खडा गरेको खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई दुई सय ३२ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङमा आएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर चार सय ९८ रनको योगफल तयार गरेको थियो । यो एकदिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको अहिलेसम्मकै उच्च योगफल हो ।

यसक्रममा इङ्ल्यान्डका तीन ब्याटरले सतक बनाएका थिए । इङ्ल्यान्डका ओपनर फिल साल्टले एक सय २२ रन बनाउँदा तेस्रो नम्बरका ब्याटर डेभिड मलानले एक सय २५ र चौथो नम्बरमा ब्याटिङका लागि आएका अविजित एक सय ६२ रन बनाए ।

यसबाहेक लियम लिभिङ्स्टोनले  ६६ रन बनाए ।

नेदरल्यान्ड्सका पिटर सिलरले दुई विकेट लिँदा लोगन भान बीक र सेन स्नाटरले समान एक विकेट लिए ।

दोस्रो इनिङमा कीर्तिमानी चार सय ९९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६६ रनमात्र बनाउँन सक्यो ।

नेदरल्यान्ड्सका स्कट एडवाड्सले सर्वाधिक ७२ रन बनाए । यस्तै, म्याक्स ओडोवाडले ५५, पिटर सिलरले २५ र टिम कुपरले २३ रन बनाए ।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न इङ्ल्यान्डका मोइन अलिले सर्वाधिक तीन विकेट लिए । यस्तै, डेविड विले, रिसे टोप्ले र साम करनले समान दुई विकेट लिए । यसबाहेक, डेविड मलानले एक विकेट लिए ।

जितसँगै तीन खेलको एकदिवसीय खेलको शृंखलामा इङ्ल्यान्डले १–० ले अग्रता लिएको छ ।