च्याम्पियन्स लिग

पेरिस प्रहरी प्रमुख लालेमेन्टले लिभरपुलका समर्थकसँग मागे माफी

पेरिस । पेरिसका प्रहरी प्रमुख डिडियर लालेमेन्टले च्याम्पियन्स लिग फाइनलमा ग्यास प्रयोग गरेको र नक्कली टिकट प्रयोग गरेको गलत अनुमानका लागि लिभरपुलका समर्थकहरुसँग माफी मागेका छन् ।

पेरिसमा भएको फाइनल खेल युइएफएले सुरक्षाको कारण देखाउँदै डेढ घन्टा ढिलो सुरु गरेको थियो ।

सो खेलमा लिभरपुललाई १–० ले हराउँदै रियाल मड्रिडले कीर्तिमानी १४औं पटक उपाधि जितेको थियो ।

समर्थकमाथि ग्यास प्रयोग गरेको भिडियो क्लिप देखाउँदै लिभरपुलका समर्थकले उजुरी दर्ता गरेको थियो ।

यसअघि अमेरिकाका संस्कृती सचिव नादिन डोरिजले लिभरपुलका समर्थकमाथि पुलिसले जनावरलाई जस्तो व्यवहार गरेको बताएको थियो । तर, फ्रान्सेली मन्त्रीले समर्थकहरुको नै गल्ती देखाउँदै आएको थियो ।