युभेन्टस

बोनुची युभेन्टसको नयाँ कप्तान

रोम । इटालियन क्लब युभेन्टसको कप्तानी लियोनार्दो बोनुचीले सम्हाल्ने भएका छन् ।

युभेन्टसका हालका कप्तान जर्जियो केलिनीले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएपछि क्लबका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले बोनुचीले कप्तानी सम्हाल्ने पुष्टि गरेका हुन् ।

यसअघि केलिनीले कोपा इटालियाको फाइनलमा इन्टर मिलानसँग ४–२ ले पराजित भएसँगै यस सिजनपछि युभेन्टस छोड्ने घोषणा गरेका थिए ।

युभेन्टसका १७ वर्ष बिताएका केलिनीले यसक्रममा क्लबबाट २० उपाधि चुमेका थिए । युभेन्टसबाट केलिनीसँगै अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले पनि यस सिजनको अन्त्यसँगै क्लब छोड्दै छन् । डिबाला इन्टर, एट्लेटिको मड्रिड, आर्सनल र म्यानचेस्टर युनाइटेडसँग जोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘युभेन्टसका कप्तानी बोनुचीले सम्हाल्नेछन्,’ एलेग्रीले भने ।