इङ्लिस प्रिमियर लिग

केनको निर्णायक गोलमा टोटनहमको जित

लन्डन । ह्यारी केनको निर्णायक गोलप्रेरित टोटनहमले इङ्लिस प्रिमियर लिग बर्न्लीलाई १–० ले हराउदै शीर्ष चारको सम्भावना कायम राखेको छ ।

आइतबार चाडो गरी भएको खेलमा केनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोल नै टोटनहमको जितमा निर्णायक बन्यो ।

घरेलु मैदानमा जितसँगै ३७ खेलबाट ६८ अंक जोडेको टोटनहम तालिकाको चौथो स्थानमा उक्लिएको छ । जुन एक खेल कम खेल्दै पाँचौ स्थानमा आर्सनलभन्दा दुई अंक बढी हो ।

यस्तै, ३६ खेलबाट ३४ अंक जोडेको बर्न्ली भने तालिकाको रेलिगेशन जोनमा छ । अन्तिम दुई खेल बाँकी रहँदा बर्न्ली १७औं स्थानको लिड्स युनाइटेडभन्दा एक अंकले पछि छ ।