इङ्लिस प्रिमियर लिग

रोनाल्डोको गोलमा जोगियो युनाइटेड

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार रोनाल्डोले बराबरी गोल फर्काएपछि म्यानचेस्टर युनाइटेड चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ ।

यसअघि लिभरपुल र आर्सनलसँग समग्रमा ७–१ ले पराजित भएको युनाइटेड चेल्सीलाई भने हारबाट जोगियो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा ६०औं मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए ।

बराबरीपछि पनि ३३ खेलबाट ६६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत् छ । यस्तै, शीर्ष चारको दौडमा रहेको युनाइटेडले भने ३५ खेलबाट ५५ अंक जोडेको छ । युनाइटेड छैटौं स्थानमा छ । तालिकाको चौथो स्थानमा रहेको टोटनहमले ३३ खेलबाट ६० र पाँचौ स्थानको आर्सनलले ५८ अंक जोडेको छ ।