सहिद स्मारक सी डिभिजन लिग

समाज कल्याणको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले पहिलो जित निकालेको छ । लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्रले रानीबारी स्पोर्टस क्लबलाई १–० ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा समाज कल्याणका पुस्कर खड्काले पहिलो हाफको अन्तिम मिनेटमा फ्रिकिकमार्फत निर्णायक गोल गरे ।

यसअघि समाज कल्याण पहिलो खेलमा झापा फुटबल क्लबसँग ४–२ ले पराजित भएको थियो । यस्तै, रानीबारीले भने पहिलो खेलमा स्वयम्भु क्लबलाई ४–३ ले पराजित गरेको थियो ।

जितसँगै समाज कल्याणले दुई खेलबाट तीन अंक जोड्दा रानीबारीको पनि समान अंक छ ।

आजै हुने दोस्रो खेलमा झापा फुटबल क्लब र ओसिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै लिगको दोस्रो चरण सकिनेछ ।