आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

आरबिबी–एनभिए भलिबल लिगकाे बिमा प्रायोजक जनरल इन्स्योरेन्स

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपलाई बिमा प्रायाेजन  गर्ने भएकाे छ ।  

मंगलबार नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र जनरल इन्स्योरेन्स कम्पनीका प्रबन्धक रामचन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार जनरल इन्स्याेरेन्सले प्रतियाेगिता खेल्ने टिमको ९ करोडको बिमाको प्रायोजन गर्ने छ ।

जनरल इन्स्योरेन्सले प्रतियोगिता अवधिभरका लागि खेलाडी, टिमको मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी कुल एक सय ८० जनाको प्रतिव्यक्ति पाँच लाखको दरले बिमा गरेकाे हो ।

सम्झौतापछि बोल्दै जनरल इन्स्योरेन्सका प्रबन्धक श्रेष्ठले खेलाडी तथा अफिसियलहरुको बिमा गर्न पाउँदा खुशी लागेको बताए । यस्तै, संघकी उपाध्यक्ष मास्केले बिमाको प्रायोजन गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई इन्स्योरेन्सले निरन्तरता दिनेमा आशावादी रहेको बताइन् ।

वैशाख १८ गतेबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ सात टिमको सहभागिता छ ।

सम्झौता कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक विनेश मास्के, बजार प्रमुख विजया  न्याैपाने र भलिबल संघको केन्द्रीय सदस्य रोशन श्रेष्ठलगायतको उपस्थिति थियो ।