सहिद स्मारक ‘बी’ डिभिजन लिग

ब्वाइज युनियनले मध्यपुरलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको पहिलो खेलमा ब्वाइज युनियन क्लबले मध्यपुर युथ एसोसियसनलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा रिवोस मास्केले २०औं मिनेटमा गरेको गोल नै ब्वाइज युनियनको जितमा निर्णायक बन्यो ।

जितसँगै १२ खेलबाट १३ अंक जोडेको ब्वाइज युनियन तालिकाको १२औं स्थानमा उक्लिएको छ ।

यस्तै, समान खेलबाट १४ अंक जोडेको मध्यपुर तालिकाको ११औं स्थानमा छ ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । जसमध्ये चर्च ब्वाइज युनियनले एक खेल बाँकी रहँदै उपाधिसहित ए डिभिजन लिगको टिकट काटिसकेको छ । यस्तै, लिगको पुछारमा रहने दुई टोली भने तेस्रो डिभिजन लिगमा घटुवा हुनेछन् ।