राखेप

निमित्त सदस्यसचिव थापाको राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

थापाले बुधबार पारिवारिक कारण राजीनामा दिएको खेलाडीलाई बताए ।

यसअघि तत्कालिन सदस्यसचिव टंकलाल घिसिङविरुद्ध सरकारद्वार बर्खास्तगीमा परेका रमेशकुमार सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि फागुन चार गते थापाले राखेपको कार्यकारी अधिकार पाएका थिए । लामो समयदेखि अदालतामा रिट विचाराधिन रहेपछि खेलकुद मन्त्रालयले थापाले कार्यकारी अधिकारको जिम्मेवारी सुम्पिएको थियो ।

सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गर्दै सरकारद्वार नियुक्त टंकलाल घिसिङलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।