लियाेनल मेसी

मेसी फर्किए खुसीसाथ कप्तानी छोड्छुः बुस्केट

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले क्लबका पूर्व स्टार लियोनल मेसी पुनः बार्सिलोना फर्किए आफू खुसीसाथ कप्तानी पद मेसीलाई सुम्पिन तयार रहेको बताएका छन् ।

अर्जेन्टिनी कप्तान लियोनल मेसी यसै सिजनको सुरुआतमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएनजी) अनुबन्धित भएका थिए । जहाँ उनी हाल स्वभाविक लयका लागि संघर्षरत छन् । पिएसजीबाट मेसीले यस सिजन सबैखाले प्रतियोगितामा गरी मात्र सात गोल गरेका छन् ।

बुस्केटले भने सात पटकको बालन डी अर विजेतालाई फेरी स्पेनिस क्लबमा हेर्न चाहेको भावना व्यक्त गरे ।

‘पक्कै पनि म उनलाई सम्झिन्छु । मैदान भित्र पनि र बाहिर पनि,’ बुस्केटले भने, ‘मेसी जति योगदान क्लबलाई कसैले दिएका छैनन् । मेसीले आफू र बाँकी खेलाडीबीच निकै ठुलो फरक राखेका छन् । म मेसी फर्किएको हेर्न चाहन्छु । म उनलाई कप्तानको आर्मब्यान्ड सुम्पिन चाहन्छु । मेसी मेरो लागि निकै सम्मानित व्यक्तित्व हुन् ।’