मछिन्द्र फुटबल क्लब

मछिन्द्र र एड प्याडबीच सम्झौता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र एड प्याडबीच सम्झौता भएको छ ।

सोमबार एड प्याड र मछिन्द्र क्लबबीच एएफसी कपको प्रारम्भिक छनोट चरणअन्तर्गत श्रीलंकाको ब्लु स्टार क्लबसँग हुने खेलका लागि प्रसारण, मिडिया र वितरण अधिकारको लागि सम्झौता भएको हो ।

मछिन्द्र क्लबले चैत पाँच गते छनोटको प्रारम्भिक चरणमा ब्लु स्टारविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

मछिन्द्रले गत मंसिर तीन गतेदेखि सुरु भएको ए डिभिजन लिगको उपाधि रक्षा गरेको थियो ।