इङ्लिस प्रिमियर लिग

लिग उपाधिका लागि सिटीलाई कडा चुनौति दिने क्लोपको प्रतिबद्धता

लन्डन । लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले शीर्षमा स्थानमा रहेको म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधिका लागि कडा चुनौती प्रस्तुत गर्ने प्रतिबद्धता गरेका छन् ।

बुधबार प्रिमियर लिगअन्तर्गत आर्सनलमाथि २–० को जित निकालेसँगै लिभरपुलले शीर्ष स्थानको सिटीसँगको अंक दुरी एक अंकमा झारेको छ ।

यससँगै लिभरपुलले आफ्नो सतप्रतिशत जित यात्रालाई नौ खेलसम्म पुर्याएको छ । लिगमा लिभरपुलले अप्रिल १० मा सिटीविरुद्ध खेल्दैछ ।

‘हामी तीन वा चार हप्तापछि सिटीविरुद्ध खेल्दैछौं । जसमा हामी उनीहरुलाई कडा चुनौती प्रस्तुत गर्नेछौं,’ उनले भने, ‘मैले सिटीको बारेमा धेरै सोचेको छैन । हामीले प्रिमियर लिगका खेलहरु जित्नै पर्छ । जसरी सिटीले जितिरहेको छ । पछिल्लो केही वर्षयता हामीले एकअर्काको प्रतिस्पर्धालाई असाधारण स्तरमा पुर्याएका छौं ।’

लिगमा २९ खेलबाट ७० अंक जोडेको सिटी शीर्ष स्थानमा र समान खेलबाट ६९ अंक जोडेको छ ।