एनएसएल

प्रदीपले झापाको मुख्य प्रशिक्षण सम्हाल्ने

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को लागि झापा एफसीले प्रदीप हुमागाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

झापाले बुधबार सामाजिक सञ्जालमार्फत क्लबको प्रशिक्षण जिम्मेवारी हुमागाईले सम्हाल्ने सार्वजनिक गरेको हो ।

हुमागाईले यसअघि पहिले संस्करणमा ललितपुर सिटी एफसीको प्रशिक्षण सम्हाले पनि बीच प्रतियोगितामै प्रशिक्षण छाडेका थिए ।

झापा एनएसएलको दोस्रो संस्करणमा थपिएको टोली हो । प्रतियोगिताको पहिलो संस्करणमा सात टोलीले प्रतिस्पर्धा गरे पनि दोस्रो संस्करणमा आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले तीन टोली थपेको छ ।

प्रतियोगिताको दोस्रो संस्करण यही चैत २६ गतेदेखि सुरु हुदैछ ।

आसन्न एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची–इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।