नेकोस

नेकोस राष्ट्रिय फुटबल संघको अध्यक्षमा प्रधान

काठमाडौं । धिरेन्द्र प्रधान नेपाल  खेलकुद महासंघअन्तर्गत नेकोस राष्ट्रिय फुटबल संघको अध्यक्षमा चुनिएका छन् । 

नेकोसले शनिबार आयोजना गरेको कार्यक्रममा प्रधान अध्यक्षमा चुनिएका हुन् ।

संघको उपाध्यक्षमा वृन्दा देवान र राजेन्द्र न्यौपाने,सचिवमा अमृत कोजु, सहसचिवमा देवेन्द्रमान सिंह बन्नेत र प्रकाश पंगेनी तथा कोषाध्यक्षमा दिपा क्षेत्री रहेका छन् ।

त्यस्तै संघका सदस्यहरुमा सेतमान पुन, मेघराज पाण्डे, भरतकुमार घिमिरे,गणेश चन्द,रमेश कार्की, जनक खनाल,राजेश श्रेष्ठ, राकेश मानन्धर, रमेश बुढाथोकी र राजेश मास्के रहेका छन् ।