मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप

खप्तड गोल्डकपः उपाधि भिड्न्तमा फ्रेन्ड्स र मनाङ

धनगढी । पाँचौ मुख्यमन्त्री सुदूरपश्चिमत खप्तड गोल्डकपमा शनिबार उपाधिका लागि दुई ए डिभिजन क्लब मनाङ मर्स्याङदी र फेन्ड्सक्लबबीच प्रतिस्पर्धा हुदैँछ ।

धनगढी रंगशालामा हुने खेल दिउँसो ०३ः०० बजेदेखि सुरु हुनेछ । फाइनलमा प्रवेश गर्ने क्रममा मनाङले अन्तिम चारमा हिमालयन शेर्पालाई पेनाल्टी सुटआउटमा ४–२ र फ्रेन्ड्सले बागमती क्लबलाई २–१ ले पराजित गरेको थियो ।

फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित १० टोलीको सहभागी थियो ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।