स्पेनिस ला लिगा

एट्लेटिकोको कठिन जित

मड्रिड । रोड्रिगो डी पाउलको निर्णायक गोलप्रेरित एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार सम्पन्न खेलमा रेलिगेशन जोनको कार्डिजलाई २–१ ले पराजित गरेको छ ।

खेलको तेस्रो मिनेटमा जाओ फिलिक्सले गोल गरेपछि एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमाा अल्भारो नेग्रेडोले गोल गरेपछि कार्डिज बराबरीमा फर्किएको थियो ।

यद्यपि, डी पउलले ६८औं मिनेटमा निर्णायक गोल गर्दै मड्रिडको जित निश्चित गरे । जाभियर सेरानोले ८८औं मिनेटमा सोझै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि मड्रिड १० खेलाडीमा समेटिएको थियो ।

शुक्रबारको जितसँगै मड्रिड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मड्रिडले लिगमा २८ खेल्दा ५१ अंक जोडेको छ । जुन दुई खेल कम खेलेको चौथो स्थानको बार्सिलोनाको भन्दा तीन अंक धेरै हो ।

यस्तै, समान खेलबाट २४ अंक जोडेको कार्डिज १८औं स्थानमा छ ।