इसिए

सात रुसी क्लबको सदस्यता निलम्बन

लन्डन । युरोपियन क्लब एसोसिएसन (इसिए) ले तत्कालबाट लागु हुने गरि रुसका सात क्लबको सदस्यता निलम्बन गरेको छ ।

सिएसके मस्को, क्रासोनडार, लोकोमोटिभ मस्को, एफसी रोस्टोभ, रुबेन काजान, स्पार्टक मस्को र जेनिटको सदस्यता निलम्बनमा राखिएको हो ।

युक्रेनमाथि युद्ध सुरु गरेपछि रुसमाथी सबै खाले खेलबाट प्रतिबन्ध लगाइनु पर्ने आवाज उठ्दै आएको छ । मंगलबार मात्र फिफा र युइएफएले रुसमाथि अर्को सुचना जारी नभएसम्मका लागि निलम्बन गरेका थिए । 

यससँगै रुसको कतार विश्वकप २०२२ छनोट लक्ष्यमा पूर्णविराम लागेको थियो । युएइफइले पनि सेन्ट पिटर्सबर्गमा तय च्याम्पियन्स लिगको फाइनल अन्यत्र सार्ने घोषणा गरिसकेको छ । 

रुसले मार्च २४ मा विश्वकप छनोट २०२२ को प्लेअफ सेमिफाइनलमा पोल्यान्डविरुद्ध खेल्ने तालिका थियो । तर पोल्यान्डले रुसविरुद्ध नखेल्ने घोषणा गरेको थियो ।

 यस खेलको विजेताले मार्च २९ स्वडेन र चेक रिपब्लिकबिचको विजेतासँग प्लेअफ फाइनल खेल्ने तालिका थियो ।