नोभाक जोकोभिच

जोकोभिच र वाज्डाबीचको व्यवासयीक सम्बन्धमा पूर्णविराम

पेरिस । नोभाक जोकोभिचले प्रशिक्षक मारियन वाज्डासँग लामो समय देखीको व्यवसायिक साझेदारीमा पूर्णविराम लगाएका छन् ।

सर्बियन टेनिस स्टार जोकोभिचले गत वर्ष एटिपीको फाइनलमा वाज्डासँगको सम्झौता अन्त्य गर्न लागेको खुलासा गरेका थिए । 

वाज्डाले जोकोभिचलाई १५ वर्ष प्रशिक्षण दिएका थिए । जोकोभिचको २० ग्रान्ड स्लाम उपाधिमा उनको प्रभावशाली भुमिका रहेको थियो । 

‘मारियन वाज्डाको प्रशिक्षणमा मैले मेरो खेल जीवनकै स्वर्णिम उपलब्धि हात पारेको छु,’जोकोभिचले भने, ‘उनी निकै प्रेरणादायी प्रशिक्षक हुन् ।  पछिल्लो १५ वर्षदेखी निरन्तर मलाई दिएको साथ र सहयोगका लागि म सधै आभारी रहनेछु । हामीले अहिले व्यवसायिक साझेदारीमा मात्र पूर्णविराम लगाएका हौ । हामीबिचको व्यक्तिगत सम्बन्ध यथावत छ । ’

वाज्डाकोे स्थानमा इभानसेभिचले जोकोभिचको प्रशिक्षण सम्हाल्नेछन् । 

जोकोभिचले कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाएका कारण वर्षका पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन गुमाएका थिए । 

जोकोभिच र रोजर फेडेररको अनुपस्थितीमा राफेल नाडालले अस्ट्रेलियन ओपनको उपाधि जित्दै २१औं ग्रान्ड स्लामको कीर्तिमान रचेका थिए । 

जोकोभिच र फेडेररले भने समान २० ग्रान्ड स्लाम जितेका छन् ।