सातदोबाटो युथ क्लब

‘जायन्ट किलर’ सातदोबाटो

‘अहिले अन्य क्लबहरूले सातदोबाटोलाई नयाँ क्लबको रूपमा हेर्छन्, तर केही खेलपछि सातदोबाटोलाई हेर्ने नजर परिवर्तन हुनेछ ।’

सहिद स्मारक लिग सुरु हुनुअघि मंसिर २ गते प्रि–म्याच प्रेस कन्फ्रेन्समा नवप्रवेशी सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले यसो भनेका थिए ।

‘बी’ डिभिजन लिग विजेताको हैसियतमा शीर्ष डिभिजन खेल्ने मौका पाएको सातदोबाटो लिग सुरु हुनुअघि सबैको नजरमा ‘ए’ डिभिजन लिगका १३ क्लबभन्दा तल्लो दर्जाको टिम थियो । तर, लिगमा सर्वाधिक सफल टोली मनाङ मर्स्याङदी क्लबसँगै चार पटकको विजेता थ्री स्टार क्लब र तीन पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गरेपछि सातदोबाटोले ए डिभिजन लिगमा ‘जायन्ट किलर’ को ट्याग पाएको छ ।

‘बी’ डिभिजन लिग विजेताको हैसियतमा शीर्ष डिभिजन खेल्ने मौका पाएको सातदोबाटो लिग सुरु हुनुअघि सबैको नजरमा ‘ए’ डिभिजन लिगका १३ क्लबभन्दा तल्लो दर्जाको टिम थियो । तर, लिगमा सर्वाधिक सफल टोली मनाङ मर्स्याङदी क्लबसँगै चार पटकको विजेता थ्री स्टार क्लब र तीन पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गरेपछि सातदोबाटोले ए डिभिजन लिगमा ‘जायन्ट किलर’ को ट्याग पाएको छ ।

फागुन १४ मा लिगको अन्तिम चरण चलिरहँदा सातदोबाटोको भने समीकरण समाप्त भइसकेको छ । जसमा नवप्रवेशी क्लबले १३ खेलमध्ये ६ जित, ३ बराबर र ४ खेलको हार नतिजा आत्मसाथ गर्यो । सातदोबाटोले लिगका १३ खेलमा १.०७ को औसतमा कुल १४ गोल गरेको छ । यसमा टोलीका सात खेलाडीले बललाई गोलमा परिणत गरेका छन् । सातदोबाटोले लिगमा ९ गोल बेहोरेको छ ।

सातदोबाटोको लिग नतिजा

मंसिर ३ मा उद्घाटन खेलमा ललितपुरे प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबविरुद्ध गोलरहित बराबरी नतिजा निकाल्दै सातदोबाटोले लिगमा सुखद सुरुआत गरेको थियो ।

दोस्रो चरणअन्तर्गत मंसिर १० चारपल्टको लिग विजेता थ्री स्टारविरुद्ध १–० को जित निकालेपछि सातदोबाटोले लिग सुरु हुनुअघि आफ्ना प्रशिक्षकले भनेको कुरा सही प्रमाणित गरिदियो । लिगमा ‘जायन्ट किलर’ को उपमा पायो ।

मंसिर १७ मा तेस्रो चरणमा एपिएफ फुटबल क्लबसँग ४–१ को जित निकाल्दा चौथो चरणमा मंसिर २५ गते सातदोबाटोले लिगमा पहिलो हार बेहोर्यो । सातदोबाटोलाई न्युरोड टिम (एनआरटी) ले १–० पराजित गरेको थियो ।

पाँचौं चरणअन्तर्गत पुस २ त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरी खेलेको सातदोबोटोले छैटौं चरणमा १३ गते जावलाखेल युथ क्लबसँग २–० ले पराजित भयो ।

सातौं चरणमा पुस १९ गते हिमालयन शेर्पासँग १–० को हार र आठौं चरणमा पुस २३ गते संकटासँग १–१ को बराबरी खेलेपछि सातदोबाटोले लिगको सुरुआती लय गुमाएको चर्चा पनि भएको होइन । तर, नवौं चरणमा सनसनीपूर्ण नजिता निकाल्ने क्रममा सातदोबाटोले पुस ३० गते लिगको सर्वाधिक सफल टोली (सातपल्टको विजेता) मनाङ मर्स्याङदी क्लबमाथि २–१ ले जित निकाल्दै ‘जायन्ट किलर’ को ट्याग कायम राखेको थियो ।

सातौं चरणमा पुस १९ गते हिमालयन शेर्पासँग १–० को हार र आठौं चरणमा पुस २३ गते संकटासँग १–१ को बराबरी खेलेपछि सातदोबाटोले लिगको सुरुआती लय गुमाएको चर्चा पनि नभएको होइन । तर, नवौं चरणमा सनसनीपूर्ण नजिता निकाल्ने क्रममा सातदोबाटोले पुस ३० गते लिगको सर्वाधिक सफल टोली (सातपल्टको विजेता) मनाङ मर्स्याङदी क्लबमाथि २–१ ले जित निकाल्दै ‘जायन्ट किलर’ को ट्याग कायम राखेको थियो ।

माघ २९ गते १०औं चरणमा नेपाल पुलिस क्लबमाथि १–० को जित निकाल्नु लिगमा नवप्रवेशीको अर्को सनसनी थियो । सातदोबाटोेले ११औं चरणमा फागुन ४ गते साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई १–० ले नतिजा सुम्पियो । यो जितसँगै मछिन्द्रले दुई खेलअगावै लिगको उपाधि रक्षा गरेको थियो ।

फागुन ९ गते १२औं चरणमा ब्रिगेड ब्वाइजसँग ३–२ को जित निकालेको सातदोबाटोले सिजनको  अन्तिम खेल च्यासललाई १–० हराउँदै लिगको सुखद अन्त्य गरेको हो ।

लिगका अन्तिम चरणका खेलहरू चलिहरँदा २१ अंक जोडेको सातदोबाटो तालिकाको तेस्रो स्थानमा छ । तर, यही अन्तिम नतिजा नभए पनि सातदोबाटो लिगको शीर्ष ६ भित्र पर्ने निश्चित छ ।

सात संयोग

लिगमा १४ गोल गरेको सातदोबाटोका सात खेलाडीले नै बललाई जाली चुमाए । सातदोबाटोका अजयी मार्टिन्सले सर्वाधिक ६ गोल गरे । मार्टिन्सले एपिएफविरुद्ध ह्याट्रिक गर्दा आर्मी, मनाङ र च्यासलसँग समान एक गोल गरेका थिए ।

यस्तै, सुशील राईले ३ गोल गरेका छन् । यसबाहेक नवप्रवेशी टोलीका दीपकराज सिंह, सुदीप गुरुङ, आकाश बुढामगर, नीरज चौधरी र मार्टिन एडेल्फेरिलो नंगा एक÷एक गोल गर्न सफल भए ।

नवप्रवेशी सातदोबाटोले लिगमा एक आत्मघाती गोल गर्यो । टोलीका गोलकिपर अभिषेक बरालले फ्रेन्ड्स, थ्री स्टार र पुलिस गरी तीन क्लबविरुद्ध क्लिन सिट राखे । उनले कुनै गोल सामना गर्नुपरेन ।

राष्ट्रिय टोलीमा चार खेलाडी

सातदोबाटो युथका चार खेलाडीले लिगमा गरेको प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका छन् । सातदोबाटोका सुदीप गुरुङ, आकाश बुढामगर, प्रशान्त अवस्थी, सुशील राईलाई राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लिगकै बीचमा भएको मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा बोलाएका थिए ।

सुदीप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टोलीमा ‘डेब्यु’ समेत गरिसकेका छन् । सुदीपले घरेलु मैदानमा भएको मोरिससविरुद्धको पहिलो खेल र आकाश दोस्रो खेलमा राष्ट्रिय टोलीको जर्सीबाट मैदान उत्रिएका थिए ।