मंसिर ५, २०८२ शुक्रबार | ०३:३१:१०
‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने
शनिबारको दिन सहिद स्मारक ‘ए’ डिभिजन लिग

‘ए’ डिभिजन लिगमा जे देखिए र भए

मछिन्द्र फुटबल क्लबलाई विजेताको ताज पहिर्याउँदै आज (शनिबार) सहिद स्मारक ‘ए’ डिभिजन लिग सिजन सकिँदा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले शीर्ष डिभिजनको हैसियत औपचारिक रूपमा गुमाउने छन् ।

अन्तिम दिनको खेलअघि नै साबिक विजेता मछिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने बिबिसी र च्यासल क्लब ‘बी’ डिभिजनमा घटुवा भइसकेका छन् । त्यसैले अन्तिम दिनको रौनक कम हुनसक्छ । तर दोस्रोदेखि पाँचौं स्थानसम्मको प्रतिस्पर्धा कायम रहेकाले लिगको अन्तिम दिन पनि रोमाञ्चक हुनेमा दुईमत नहोला ।

शनिबार तीन खेल हुँदै छ । अपरान्ह ४ बजे जारी लिगको अन्तिम खेलमा लगातार दोस्रो पटकको विजेता मछिन्द्रले मुस्किलसाथ शीर्ष डिभिजनको हैसियत जोगाएको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार तीन खेल हुँदै छ । अपरान्ह ४ बजे जारी लिगको अन्तिम खेलमा लगातार दोस्रो पटकको विजेता मछिन्द्रले मुस्किलसाथ शीर्ष डिभिजनको हैसियत जोगाएको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

जारी लिगको साँतौं चरण सकिँदा शीर्षस्थानमा रहँदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको मछिन्द्र फुटबल क्लब दुई खेलअघि नै च्याम्पियन हुँदै घरेलु फुटबलको नयाँ शक्तिको रूपमा उदाएको छ ।

एएफसी कपमा छानिनेक्रममा मछिन्द्रले पाँचौं खेलमा निकट प्रतिस्पर्धी मनाङ मर्स्याङदी क्लबलाई हराएको थियो । कीर्तिमानी आठ पटक लिग जितेको मनाङमाथिको जितसँगै २ अंकको अग्रतासहित शीर्षस्थानमा पकड राख्दै मछिन्द्रले सम्भावना बलियो पारिसकेको थियो । अपराजित यात्रा कायम राखेर सात चरणको खेल सकिँदा भने मनाङलाई १ अंकले पछि पार्दै मछिन्द्र एएफसी कपलाई छानिएको थियो ।

११ खेल समाप्तिमै अपराजित रहेर मछिन्द्रले दोस्रो स्थानको मनाङमाथि स्पष्ट ३ अंकको अग्रतासहित ‘हेड टु हेड’मा समेत माथि रहेर उपाधि रक्षा अभियान पूरा गरेको हो । राष्ट्रिय टोलीबाट खेल्दै गरेका र खेलिसकेका आधा दर्जनभन्दा बढी खेलाडी टोलीमा समावेश गरेको मछिन्द्रले पछिल्लो ११ खेलमा कुनै गोल नै बेहोरेको छैन ।

राष्ट्रिय फुटबल टोलीका सदस्य तथा गोलरक्षक विशाल श्रेष्ठले लगातार ११ खेलमा ‘क्लिन सिट’ राखिसकेका छन् । एनआरटी  क्लबका एरिक विष्टले पहिलो खेलको ५४औं मिनेटमा गरेको फ्रिकिक गोल नै मछिन्द्रले सामना गरेको पछिल्लो गोल हो ।

घरेलु फुटबलमा सर्वोत्कृष्ट गोलकिपरका रूपमा आफूलाई स्थापित गर्ने क्रममा जारी लिगका एक हजार मिनेट गोल नखाने विशाल एक्लो गोलकिपर थिए । सँगै उनको नाममा लगातार चारपल्ट ‘ए’ डिभिजन लिगको उपाधि जित्ने गोलकिपरको कीर्तिमान पनि बनेको छ । विशालसँगै मछिन्द्रका कप्तान सुजल श्रेष्ठ र विशाल राई (बी) ले पनि लगातार चारपल्ट लिगको उपाधि जित्ने कीर्तिमानमा नाम लेखाए ।

बिबिसी र च्यासलले यस सिजनबाट शीर्ष डिभिजन लिगको हैसियत गुमाए । दुवै क्लब दोस्रो श्रेणीको लिगमा झरेका छन् । च्यासल १२ खेलमा ६ अंकमात्रै जोड्दा पुछारमा रह्यो । बिबिसी भने ७ अंक जोडेर १३औं स्थानमा बस्यो ।  

यसपालि च्यासलले अप्रत्याशित नतिजा बेहोर्यो । लिगको पूर्वसन्ध्यामा खेलाडी अनुबन्धनमा च्यासलको सक्रियता देख्दा टोलीबाट ठूलो आस गरिएको थियो । तर, कथा त्यस्तो लेखिएन । इटालियन सिरी ‘ए’को क्लब एटलान्टाको एकेडेमीमा रहेर युरोपमा चर्चा बटुल्दै गरेका नेपाली मूलका विकास मेलाग्लियालाई अनुबन्धन गरेर च्यासलले ठूलो चर्चा पाएको थियो । सँगै राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन र कमल श्रेष्ठलाई टोलीमा अनुबन्धन गरेर च्यासलले ठूलै महत्त्वाकांक्षा पनि देखाएको थियो ।

तर व्यवस्थापनको कमजोरी, खेलाडीबीच मैदानभित्र र बाहिर समेत तालमेलको कमी, प्रशिक्षकको असन्तुष्टि लगायतका कारणबीच च्यासलले तेस्रो वर्षमा शीर्ष डिभिजनको यात्रामा पूर्णविराम लगायो । जारी सिजन एपिएफ फुटबल क्लबविरुद्ध पाएको १–० को जित च्यासलको एकमात्र सफल नतिजा थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङले आठ वर्षपछि घरेलु फुटबलमा गोल गरे पनि बिबिसीलाई शीर्ष डिभिजनमा टिकाउन त्यो पर्याप्त भएन । २०७० सालको राष्ट्रिय लिगमा मनाङ मस्र्याङ्दीबाट गोल गरेयता उनले २०७५ साल लिग थ्री स्टार र २०७६ सालको लिग बिबिसीबाट नै खेले । तर गोलविहीन थिए । २०७६ सालमा पेनाल्टी पाएर पनि चुकेका अनिल यसपालि भने फ्रेन्ड्सविरुद्ध पाएको पेनाल्टीलाई ८६औं मिनेटमा सदुपयोग गर्दै आफ्नो गोलविहीन यात्रा टुंग्याउन सफल भए ।

दुवै ह्याट्रिक विदेशीको नाममा

जारी लिगमा दुई ह्याट्रिक भए । दुवै ह्याट्रिक नाइजेरियाका खेलाडीको नाममा रह्यो । मनाङका फरवार्ड आफिज ओलावाले ओलाडिपो र नवप्रवेशी सातदोबाटोका अजयी मार्टिन्सले यस पटक लयमा रहेको प्रमाण दिए ।

जारी लिगको पहिलो ह्याट्रिक मार्टिन्सले गरे । उनले तेस्रो खेलमा एपिएफविरुद्ध प्राप्त ४–१ को जितमा ह्याट्रिक पूरा गरेका थिए । मार्टिन्सले खेलको ४३ औं, पहिलो हाफको इन्जुरी समय र ५८औं मिनेटमा गोल गरेका थिए । जारी लिगमा उनको नाममा कुल ६ गोल रह्यो ।

यसअघि थ्री स्टार र संकटाबाट खेल्दा उनले खासै प्रभाव जमाउन सकेका थिएनन् । जारी लिगमा भने एपिएफविरुद्ध ३ गोल गरेका मार्टिन्सले त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ र च्यासलविरुद्ध एक/एक गोल गरे । एक खेलमा दुई पहेँलो कार्डका कारण निलम्बनमा रहनुबाहेक मार्टिन्सले १२ खेलमा पूरा १०८० मिनेट (इन्जुरी समयबाहेक) खेलेका छन् ।

यता, ओलावाले पछिल्लो एक दशकयता नेपाली फुटबलको परिचित नाम हो । मनाङको नामसँगै जोडिने फरवार्ड सुरुआती केही खेलमा कमजोर फर्ममा देखिएका थिए । पहिलो ७ खेलमा दुई गोलमात्र गरेका उनले मनाङको घरेलु मैदान पोखरा रंगशालामा च्यासलविरुद्ध ह्याट्रिक गरेर स्कोरिङ फर्म समाते ।

पोखरा रंगशालामा प्राप्त ५–० को जितमा आफिजले ४३औं र इन्जुरी समयमा दुई गोल गर्दै जारी लिगको दोस्रो ह्याट्रिक आफ्नो नाममा लेखाउन सफल भए । आफिजले हिमालयन शेर्पा, फ्रेन्ड्स र सातदोबाटोविरुद्ध एक/एक गोल गरेका छन् । एक खेल बाँकी रहँदै आफिजले ८५५ मिनेट (इन्जुरी समय बाहेक) खेल्दा दुई पहेँलो कार्ड सामना गरेका थिए भने ६ गोल गरेका छन् ।

फ्रेन्ड्सका ६ कप्तान

‘कतै कप्तान ‘अनलक्की’ भएर पो हो कि भनेर आज प्रिजेनलाई कप्तान बनाएँ ।’ फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भनेका थिए । अनि प्रिजेन सफल भए त ? प्रतिप्रश्नमा मिश्रको उत्तर थियो, ‘प्रदर्शनका आधारमा आज प्रिजेन भाग्यशाली रह्यो ।’

मछिन्द्रविरुद्ध १–० को हार भोगेपछि आठौं चरणमा फ्रेन्ड्स प्रशिक्षक मिश्रले भनेका थिए ।

आठौं चरणमा मछिन्द्र र नवौं चरणमा आर्मीविरुद्ध कप्तानी गरेपछि प्रिजेन तामाङको पनि कप्तान बन्ने पालो सकियो । यससँगै फ्रेन्ड्सले रेलिगेसन क्षेत्र छाड्यो । अब कप्तान बन्ने पालो आयो विदेशी खेलाडी नाथनियल जड गार्सियाको ।

गार्सियाले लगातार तीन खेलमा कप्तानी गर्ने अवसर पाए । बिबिसी, जावलाखेल र च्यासल युथविरुद्ध कप्तानी गरेका गार्सियाले टोलीलाई रेलिगेसनको संकटबाट समेत माथि उकाले । ट्रिनिडाड एन्ड टोबागोका यी खेलाडी फ्रेन्ड्सका पाँचौं कप्तान बनेका थिए ।

१३औं खेलमा गार्सिया दुई पहेँलो कार्डका कारण निलम्बनमा पर्दा फ्रेन्ड्स र लिगकै उच्च गोलकर्ता (७ गोल) ट्रिनिडाड एन्ड टोबागोकै जामोउल एन्थोनी फ्रान्कोइस जारी लिगमा टोलीको छैटौं कप्तान बने । यसअघि प्रकाश बुढाथोकी, सुरज विश्वकर्मा र असिम भुसालले टोलीको नेतृत्व गरेका थिए ।

सर्वाधिक खेलाडी उतार्नेमा फ्रेन्ड्स

जारी लिगमा संघर्ष गर्दै रेलिगेसनबाट बचेको थियो फ्रेन्ड्स । लिगको पाँचौं चरणबाट रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स नवौं चरणसम्म पुछारमै सीमित थियो । यसक्रममा टोलीले लिगमा सर्वाधिक ३४ खेलाडीलाई अनुबन्धन गरेको थियो ।

फ्रेन्ड्सले अन्तिम खेलमा हिमालयन शेर्पाविरुद्ध दुई खेलाडीलाई ‘डेब्यु’ दिँदै दर्ता भएका सम्पूर्ण खेलाडी मैदान उतार्यो ।  

त्यस्तै एपिएफले ३१ खेलाडीलाई मौका दिएको थियो भने मछिन्द्रले सर्वाधिक कम २४ खेलाडीमात्र दर्ता गराएको थियो । जसमा तीन खेलाडीले यस सिजन खेल्नै पाएका छैनन् ।

पूरा समय खेलेका सात खेलाडी

जारी लिगमा अन्तिम दिनका तीन खेल बाँकी रहँदासम्म सात खेलाडीले पूरा समय मैदानमा बिताएका छन् । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसँगै रक्षक देवेन्द्र तामाङ, मनाङका रक्षक दिनेश राजवंशी, थ्री स्टारका गोलरक्षक प्रिसो एनजान्गा, एनआरटीका अट्याकर मेसुके ओलोमोउ, एपीएफका रक्षक सनिश श्रेष्ठ र सातदोबाटोका मिडफिल्डर सुदीप गुरुङले मैदानमा पूरा समय बिताएका छन् ।

मनीषको टाउकोमा चोट

पहिलो हाफमै मछिन्द्रले च्यासलविरुद्ध २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा थप आक्रामक बनेको मछिन्द्रले अट्याकमा सुनील बल परिवर्तन गर्दै मनीष डाँगीलाई ६१औं मिनेटमा मैदान पठायो । तर, मैदान प्रवेश गरेको चौथो मिनेटमै विपक्षी खेलाडीसँग जुध्दा मनीष मैदानमा बजारिए ।

विपक्षी खेलाडीसँग टाउको ठोक्किएर ढलेका मनीषले मैदानमा समेत टाउको बजारियो । यसपछि ९ मिनेट मैदान सुनसान भयो । उपस्थित सबैजना मनीषका लागि आ–आफ्ना भगवानसँग प्रार्थना गर्दै थिए ।

मैदानमा ढलेका मनीषलाई फिजियोथेरापिस्टसँगै दुई अफ्रिकी खेलाडीको कडा मिहिनेतले होसमा ल्यायो । मैदानमै पुगेको एम्बुलेन्सले मनीषलाई नजिकैको अस्पतालमा लग्यो । अस्पतालमा २४ घण्टाको बसाइपछि मनीष डिस्चार्ज भएका छन् । यद्यपि उनी पछिल्ला दुई खेलमा मैदान उत्रिएका छैनन् । अन्तिम खेलमा एपिएफविरुद्ध खेल्दै उपाधि उचाल्दा मनीष मैदान उत्रन सक्छन् ।

प्रशिक्षक बर्खास्तगीको हल्ला

घरेलु फुटबलमा थ्री स्टारले चार पटक शीर्ष डिभिजन लिगको उपाधि जितिसकेको छ । यसपालि पनि पाटने टोलीले केही राष्ट्रिय खेलाडीसहित युवा खेलाडीलाई समायोजन गर्दै लिग जित्ने योजना बनाएको थियो ।

प्रशिक्षणको जिम्मेवारी पाएका थिए उर्जन श्रेष्ठले । पहिलो खेलमा च्यासलविरुद्ध ३–० को जित निकालेपछि उर्जनको प्रशंसा पनि भयो ।

त्यसपछि भने थ्री स्टारको ओरालो लाग्ने क्रम सुरु हुन थाल्यो । छैटौं चरणसम्म क्लबले जम्मा ७ अंक बटुलेको थियो । यसपछि पूरा व्यवस्थापन टिममाथि दबाब थपियो । क्लबले आपतकालीन बैठक राखेर प्रशिक्षक बर्खास्त गर्नेसम्मको विकल्पमा छलफल गर्यो । तर अन्त्यमा निष्कर्ष निस्कियो, ‘बर्खास्तगी नै समस्याको हल हैन । प्रशिक्षकलाई आफ्ना स्टाफसँग मिलेर काम गर्न निर्देशन दिने ।’

लगातारका निराशाजनक नतिजाका कारण नेपाली फुटबलको महारथी थ्री स्टारको लक्ष्य रेलिगेसनबाट बच्नेसम्ममा झर्यो । तर अन्तिममा भने क्लबले शीर्ष ६ मा रहेर लिग टुंग्याउने भएको छ ।

अवधारणामै ‘विकेन्ड लिग’

एन्फाले यसपालिको लिग सप्ताहन्तमा साँझ रंगशालामा ‘फ्लडलाइट’ बालेर गर्ने भन्दै खुबै चर्चा पिट्यो । तर व्यवहारमा भने त्यस्तो रहेन । केही खेल सप्ताहन्तमा गरेजस्तो गरेर झारो टराई पारामा आज नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सम्पन्न हुँदै छ ।

सप्ताहन्त लिग भनेर सुरु गरिएको प्रतियोगिताका खेलहरू हप्तामा चार दिन खेलाइयो । नवौं चरणपछि हप्तामा सातै दिनसमेत रंगशालाको घाँस माड्ने काम हुन थाल्यो । यही कारण होला फुटबलको बलियो संस्कार भएको काठमाडौंमा समेत रंगशालामा फुटबल हेर्ने दर्शकको संख्या दयनीय रह्यो ।

गोलकर्ता दौडमा फ्रेन्ड्सका फ्रान्कोइस

जारी लिगमा तीन खेल बाँकी रहँदा ८८ खेल सकिइसकेका छन् । एक सय ८१ गोल भएका छन् । जहाँ दुई ह्याट्रिक हुँदा ५ आत्मघाती गोल भए । पछिल्ला ७  खेलमा फ्रेन्ड्सका जामोउल एन्थोनी फ्रान्कोइस ७ गोल गर्दै उच्च गोलकर्ताको दौडमा शीर्षस्थानमा छन् । उनलाई पछ्याइरहेका आफिज ओलावाले, सुनील बल र अजयी मार्टिन्सले समान ६ गोल गरेका छन् । एपीएफका आशिष लामा र संकटाका उत्तम राईले समान ५ गोल गरेका छन् ।