मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप

सुदूरपश्चिम खप्तड गोल्डकपः उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्ने

काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा १९ गते मनाङ मर्स्याङ्दी क्लब र दिल्ली फुटबल क्लब, भारतले प्रतिस्पर्धा गर्नेछन् ।

नौ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता छ । जसमा मनाङ मर्स्याङ्दी क्लब, दिल्ली फुटबल क्लब, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब–सिमरा, सुदूरपश्चिम ११, एभिनर फुटबल क्लब–क्यामरुन, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, एनआरटी र मछिन्द्र क्लब छन् ।

नकआउट पद्दतिमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख रुपैंया र उपविजेताले १० लाख रुपैंया प्राप्त गर्नेछन् ।

यस्तै, सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्दा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टोलीले समान २५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

यस्तै, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले १६ हजार पाँच सय रुपैंया पाउने आयोजकले जनाएको छ ।