आहा रारा गोल्डकप

पहिलो हाफमा आर्मी र मनाङको बराबरी

काठमाडौं । मनाङ मर्स्र्याङदी र त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

दुवै टोलीले गोलको केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । 

आठौ मिनेटमा मनाङले अग्रता लिने पनि त्यसलाई जोगाउन सकेन । आर्मीका युद्ध शाहीले पेनाल्टी बक्समा ह्यान्ड गर्दा प्राप्त पेनाल्टीमा मनाङका कप्तान विमल राना गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । 

३४ औं मिनेटमा आर्मीका कप्तान भरत खवासको हेडर बाहिरिदा आर्मीले अग्रता लिने अवसर गुमायो । जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर फर्कदा प्राप्त बलमा भरतले गरेको हेडर बाहिरिएको थियो । 

४४औं मिनेटमा आर्मीका विमल पाण्डेको प्रहार मनाङका गोलकिपर अशोक बरालले विफल पारे ।
यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले जारी सिजन मछिन्द्र क्लबलाई पहिला हार चखाउँदै फाइनलमा स्थान बनाएको थियो । 

फाइनल खेल शनिबार हुनेछ ।