कतार विश्वकप २०२२

अर्जेन्टिनाका प्रशिक्षक स्कोलानीलाई कोभिड १९ संक्रमण पुष्टी

ब्युनस आयर्स । कोभिड १९ संंक्रमण पुष्टी भएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानी कतार विश्वकप छनोट अन्तर्गत चिलीविरुद्धको खेलमा अनुस्थित हुने भएका छन् ।

छनोट चरणका पाँच खेलाडी बाँकी रहँदा अर्जेन्टिनाले शीर्ष स्थानको ब्राजिलसँगै विश्वकपको टिकट पक्का गरिसकेको छ ।

त्यस्तै स्कोलानीसँग सम्पर्कमा रहेका सहायक प्रशिक्षक पाबलो एइमार पनि टोलीमा हुनेछैनन् ।

‘मसँगै एइमार पनि टोलीमा हुनेछैनन्,’स्कोलानीले भने, ‘पाबलो पनि घरमै आराम गरिरहेका छन् । मैले आइसोलेसन अबधी पूरा गरे पनि मेरो पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छैन । हाम्रो अनुपस्थितीमा वाल्टर सामुयल , रोबर्टो आयला र डिएगो प्लासेन्टीले टोलीको प्रशिक्षणको जिम्मा लिनेछन् ।’

स्कोलानीले कोभिड १९ संक्रमणकै कारण एलेक्सिस म्याक एलस्टिर र इमिलियानो ब्युन्डाईले चिलीविरुद्धको खेल गुमाउने बताए ।

अर्जेन्टिनाले मंगलबार कोलम्बियाको सामना गर्दैैछ ।