अस्ट्रेलियन ओपन

बार्टी पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्न । विश्व नम्बर एक अस्लेग बार्टी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन अ‍ोपनको फाइनलमा पहिलो पटक पुगेकी छन् ।

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरियताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।

दुई पटककी ग्रान्डस्लाम च्याम्पियनसमेत रहेकी बार्टी यसअघि सन् २०२० मा सेमिफाइनलसम्म आइपुगेकी थिइन् । त्यसयता २०२१ मा क्वार्टरफाइनलबाट बाहिरएकी बार्टीले गत वर्ष विम्बलडनको उपाधि उचालेकी थिइन् ।

बार्टीले फाइनलमा घरेलु कोर्टमा पहिलो ग्रान्डस्लाम जित्नका लागि इगा स्वायेटेक र ड्यानिले कोलिन्सबीचको विजेतासँग खेल्नेछिन् ।