अफ्रिका कप अफ नेसन्स

मोरक्कोसँग घाना निराश, सेनेगल, गिनिया र गाबोनको विजयी सुरुआत

याउन्डे । सेनेगल र ग्वेनाले अफ्रिका कप अफ नेसन्समा सोमबार विजयी सुरुआत गगर्दा घाना भने पहिलो खेलमै स्तब्ध भएको छ । 

समूह ‘सी’ मा सोफाने वोउफलको निर्णायक गोलमा मोरक्कोले घानालाई १-० ले पराजित गर्यो ।  ८३औं मिनेटमा सोफानेले गरेको गोल मोरक्कोको जितमा पर्याप्त बन्यो । 

त्यस्तै समुह ‘सी'को अर्को खेलमा गाबोनले कोमारसोसलाई १-० ले पराजित गरेको छ । 

समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले मलावीलाई १-० ले हरायो । ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाई सुखद सुरुआत दिलाउन लागि पर्याप्त बन्यो । 

त्यस्तै सेनेगलले पनि सुखद सुरुआत गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो । 

इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगलले जित पक्का गर्यो ।