अफ्रिका कप अफ नेसन्स

युनाइटेड चौथो चरणमा

लन्डन । स्कट म्याकटोमिनेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड सोमबार एस्टन भिल्लालाई १-० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । 

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको सातौ मिनेटमा म्याकटोमिनेले हेडरमार्फत बललाई जाली चुमाएका थिए । जारी सिजन म्याकटोमिनेको यो दोस्रो गोल हो ।

युनाइटेड वर्ष २०२२ को पहिलो खेलमा उल्भरहमटनसँग १-० ले पराजित भएको थियो । 

दोस्रो हाफमा ओल्ली वाट्किन्स र ड्यानी इङ्सले गरेको गोलले मान्यता नपाउँदा स्टेभिन जेरार्डको टोलीको यात्रा तेस्रो चरणमा सीमित भएको थियो । जेरार्डले प्रशिक्षकका रुपमा पहिलो पटक ओल्ड ट्राफोर्ड भ्रमण गरेका थिए । 

चौथो चरणमा युनाइटेडले मिडल्सब्रोको सामना गर्नेछ ।

युनाइटेड र एस्टन भिल्ला शनिबार इङ्लिस प्रिमिय लिगमा आमने सामने हुँदैछन् । सो खेलमा फिलिप कौटिन्होले भिल्लाबाट डेब्यु गर्नेछन् ।