चेल्सी

चेल्सीमा असन्तुष्ट लुकाकु, इन्टर फर्किने चाहना

लन्डन । चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले क्लबको वर्तमान अवस्थाप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

लुकाकुले क्लबका प्रशिक्षक थोमस टचेलको कार्यशैलीप्रति असन्तुष्ट जनाउदै इटालियन सिरी ‘ए’ मा फर्कने चाहना व्यक्त गरेका हुन् ।

‘म क्लबको वर्तमान अवस्थाबाट सन्तुष्ट छैन् । क्लबका प्रशिक्षककले फरक पद्दतीमा खेलाउने निणर्य गरेका छन् । म यसमा सन्तुष्ट छैन,’ उनले भने, ‘मैले अझै मेहनत गर्न र व्यवसायिक बन्न आवश्यक छ । म क्लबको अवस्थाप्रती सन्तुष्ट हुन सकेको छैन तर म एक खेलाडी हु र म यसबाट हार मान्दिन ।’

बेल्जियमका २८ वर्षिय लुकाकुले इन्टर मिलान छोड्ने निणर्यप्रती पछुतो रहेको बताउदै आफू भविष्यमा इटालीको शीर्ष लिगमा फर्कन तयार रहेका बताए ।

‘इन्टर मिलान सधै मेरो ह्रदयमा रहनेछ । म फेरी त्यहाँबाट खेल्न फर्किने छु र मलाई यसको निकै आशा छ,’ लुकाकुले भने ।

यसै सिजनको सुरुआतमा चेल्सी भित्रिएका लुकाकुले प्रिमियर लिगका १३ खेलमा पाँच गोल गरेका छन् ।